'मेड इन हङकङ' लेबलमाथि अमेरिकी प्रतिबन्ध व्यापारिक कानुनको उल्लङ्घन : डब्ल्यूटीओ

 पुस ७, २०७९ बिहिबार १५:२:५ | एजेन्सी
unn.prixa.net

विश्व व्यापार सङ्गठन (डब्लयूटीओ) ले हङकङका उत्पादनलाई 'मेड इन चाइना' को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ ।

विश्व व्यापार सङ्गठनको विवाद समितिले वाशिङ्टनको राष्ट्रिय सुरक्षा हितले यस्तो लेबलिङका लागि अनुमति दिएको भन्ने वाशिङ्टनको तर्कलाई अस्वीकार गर्दै अमेरिकी मूलचिह्नकाे आवश्यकताले व्यापार निकायको नियमअन्तर्गत देशको दायित्वको उल्लङ्घन गरेको बताएको छ ।

समितिले यसलाई ‘अन्तर्राष्ट्रिय सम्बन्धमा आपत्कालीन अवस्था’ नभएको र अमेरिकाको लेबलिङ नियमले हङकङमा बनेका उत्पादनमाथि भेदभाव गरेको बताएको छ ।

सन् २०२० अगस्ट ११ मा संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा निर्यात गरिएको हङकङका उत्पादनहरूमा 'मेड इन चाइना' चिह्नित गर्न आवश्यक थियो ।

अहिले हङकङ निर्यात उत्पादनहरूलाई 'हङकङ' को रूपमा चिह्नित गरिएको छ किनकि हङकङ विश्व व्यापार सङ्गठनको एक अलग सदस्य हो र ‘एक देश, दुई प्रणाली’ अन्तर्गत छुट्टै भन्सार क्षेत्रको रूपमा विशेष दर्जा प्राप्त गर्दछ ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले यस निर्णयको स्वागत गरेको छ ।

हङकङ सरकारका वाणिज्य तथा आर्थिक विकास मन्त्री अल्गर्नोन याउले एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार नियमहरूको अवहेलना गरेको, एकतर्फीरूपमा भेदभावपूर्ण र अनुचित सर्तहरू लागू गर्ने प्रयास गरेको, अनुचितरूपमा हङकङका उत्पादनहरू र उद्यमहरूलाई दबाएको र आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गरेको पुष्टि गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया