भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता, सीमा समस्या वार्ताबाटै समाधान गर्ने सहमति

 पुस ७, २०७९ बिहिबार १८:१६:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।

वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको वक्तव्यमा उल्लेख छ ।

भारत–चीन सीमा क्षेत्र रहेको अरुणाञ्चल राज्यमा यही डिसेम्बरको ९ तारिखमा भएको झडपमा दुवै देशका केही सैनिक घाइते भएका छन् । सन् २०२० मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया