प्रदेश-१, मधेस, बाग्मती र लुम्बिनीमा आज हल्का पानी पर्ने सम्भावना : हिउँदे बालीलाई फाइदा पुग्ने

 पुस ९, २०७९ शनिबार ७:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, मधेस प्रदेश, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको छ । साथै देशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही ठाउँमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ भने तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । मौसमविद्का अनुसार आज केही ठाउँमा हल्का वर्षा र हिमपात भए पनि भोलिदेखि भने मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने आकलन छ । मौसमविद् सजिना शाक्यका अनुसार आज वर्षा भएमा यसवर्ष हिउँदयामको पहिलो वर्षा हुनेछ । पानी परेमा हिउँदेबाली गहुँ तथा आलुका लागि फाइदा पुग्नेछ ।

धेरै वर्षपछि नेपालमा पोहोर माघमा हिउँदे वर्षा राम्रो भएको थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ । तर यसवर्ष हिउँदमा वर्षा कम हुने मौसमविद्को अनुमान छ । पानी कम परे सुक्खा र अधिकतम तापक्रम बढ्न सक्छ ।

हिउँदयाममा पानी नपरे वा तुलनात्मक रुपमा कम परेमा हिउँदे खेतीबालीमा प्रभाव पर्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका बाली विज्ञ डा. टीकाबहादुर कार्कीले बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया