साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । साइबेरियन सहर केमेरोभोमा रहेको बृद्धाश्रममा भएको आगलागीमा परि अरु ६ जना घाइते भएका रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राति भएको आगलागीबाट दुई तले काठको भवनको पूरै तल्ला जलेर नष्ट भएको छ । दर्जनौं दमकलको सहयोगमा बिहान मात्र आगो निभाइएको थियो । रुसी सञ्चारमाध्यम टासका अनुसार पानी तताउने भाडो धेरै तातो भएपछि आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो वृद्धाश्रम एउटा निजी घरमा अवैध रूपमा सञ्चालन भइरहेको अधिकारीहरुले बताएका छन् । रुसमा धेरै घरहरूमा अवैध रुपमा वृद्धाश्रमहरु सञ्चालनमा रहेका बीबीसीले जनाएको छ । अब यस्ता भवन सबै निरीक्षण गरिने साइबेरियन सहरका गभर्नरले बताएका छन् ।
यसअघि सन् २०१८ मा केमेरोभोको एक मनोरञ्जन केन्द्रमा आगलागी हुँदा ३७ जना बालबालिकासहित ६० जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।