फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप

 पुष १०, २०७९ आइतबार १०:४५:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् ।

कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गर्नुभएको छ ।

राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरुले हिजो ठाउँठाउँमा टायर बालेर सडक बन्द गरेका थिए । शुक्रवार राजधानी पेरिस नजिक एक कुर्दिश क्याफेमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जना कुर्दिश नागरिकको ज्यान गएको थियो भने ५ जना घाइते भएका थिए ।

गोलीकाण्डमा ६९ वर्षीय अभियुक्त यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको फ्रान्स सरकारले जनाएको छ । सयौँ कुर्दिस प्लेस डे ला रिपब्लिकमा श्रद्धाञ्जली दिन भेला भएका थिए तर पछि हिंसा भड्किएको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया