आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

 पुष ११, २०७९ सोमबार ८:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

अहिले बदली भएका केही ठाउँमा दिउँसो घाम लाग्ने तर केही ठाउँमा भने आंशिक बदली भइरहने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना  छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले केही दिनयता बादल लाग्न थाले पनि तत्काललाई वर्षाको सम्भावना कमै रहेको उहाँले बताउनुभयो । बादलका कारण जाडो भने बढ्दै गएको छ । 

देशका प्रायजसाे भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाे तथा तराईका जिल्लामा बिहानीपख हुस्सु र कुहिरो लाग्दै गएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया