साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
अफगानिस्तानमा तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न रोक लगाएपछि चार वटा मुख्य गैरसरकारी संस्थाले आफ्ना काम रोकेका छन् । अफगानिस्तानमा कार्यरत केयर इन्टरनेशनल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले “महिला कर्मचारी विना” आफूहरूले कामलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।
द इन्टरनेशनल रेस्क्यु कमिटीले पनि आफ्नो सेवा स्थगित गर्ने जनाएको छ। अफगानिस्तानभरि ३ हजार महिलालाई रोजगारी दिएको इन्टरनेशनल रेस्क्यु कमिटी आईआरसीले आफ्नो संस्थाको सबै तहमा सेवा दिने क्षमता महिला कर्मचारीमा भर पर्ने भन्दै महिला कर्मचारीलाई रोजगारी दिन नसकिए “अप्ठेरोमा परेकाहरूलाई” सेवा दिन नसक्ने जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घका मानवीय मामिलासम्बन्धी संयोजक रमिज आलेकबारफले तालिबानको पछिल्लो प्रतिबन्ध उल्ट्याउन आफूले कोसिस गरिरहेको र त्यस्तो प्रतिबन्ध “मानवीयतासम्बन्धी काम गर्ने समग्र समुदायलाई नै अस्वीकार्य” हुने बताउनु भएको छ ।
तालिबान अधिकारीहरूले सहायता समूहमा काम गर्ने महिला कर्मचारीमाथि लगाइएको प्रतिबन्धको आदेश नउल्ट्याए संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा मानवीयतासम्बन्धी सहायता दिन बन्द गर्नसक्ने एक अधिकारीले बताएका बीबीसीले जनाएको छ । तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न रोक लगाएपछि चौतर्फी विरोध भइरहेको छ । तालिबानले महिला अधिकारलाई निरन्तर रूपमा दबाउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।