पानी नपर्दा सुक्खापन बढ्यो, तत्कालका लागि हिउँदे वर्षाको सम्भावना छैन

 पुस १२, २०७९ मंगलबार ७:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी नपर्दा देशभर सुक्खापन बढेको छ । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको छ ।

केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन । सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १२ गते हुँदा समेत खासै पानी परेको छैन ।

तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।  मौसमविद् शान्ति कँडेलका अनुसार नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न सकेको छैन । यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात भइरहेको छ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ । तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा भने हुन सकेको छैन ।

मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया काठमाण्डौमा डिसेम्बर महिनामा १३ दशमलव २ मिलिमिटर पानी पर्नु पर्छ । तर, यो वर्ष डिसेम्बरको अन्तिमतिर आइपुग्दा समेत पानी पर्न सकेको छैन । आज डिसेम्बरको २७ तारिख भइसकेको छ । पानी नपर्दा काठमाण्डौसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ । वर्षा नहुँदा प्रदूषणसँगै आगलागीका घटना बढ्न थालेका छन् ।

यस्तै, कृषि क्षेत्रमा पनि असर पर्न थालेको छ । मौसमविद्ले यसअघि नै यसपालिको हिउँदमा औसतभन्दा कम पानी पर्ने बताएका थिए । आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका जिल्लामा हुस्सु कुहिरो लागेको छ । अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया