जापानमा हिमपातका कारण १७ जनाको ज्यान गयो

 पुस १२, २०७९ मंगलबार ८:४७:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जापानमा भारी हिमपातका कारण १७ जनाकाे ज्यान गएकाे छ । लगातार १० दिनयताकाे हिमपातका कारण दर्जनाैँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको छ।

जापानकाे पश्चिमी  तटका  साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँकाे जनजीवन अस्तव्यस्त भएको जापानकाे विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् । 

जापानकाे स्थानीय  सञ्चारमाध्यमका अनुसार  उत्तरपूर्वी  यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झन्डै एक मिटरसम्म हिमपात भएको छ ।

हिमपातका  कारण  गाडी  सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन् । जापानको  मौसम  विज्ञान  विभागले  प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया