भ्रष्टाचार अभियोगमा जेलमा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई आममाफी

 पुष १३, २०७९ बुधबार ६:४५:३० | एजेन्सी
unn.prixa.net

भ्रष्टाचार अभियोगमा जेलमा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई त्यहाँका राष्ट्रपतिले आम माफी दिनुभएको छ । लीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि १७ वर्षको जेल सजाय तोकिएको थियो ।

राष्ट्रिय दिवसको अवसर पारेर राष्ट्रपति युन स्योक एलले ली को बाँकी १५ वर्षको कैद मिनाहा गरी आम माफी दिनुभएको हो । सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिले पूर्वराष्ट्रपति लीसहित १ हजार ३ सय कैदी बन्दीलाई माफी दिएको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया