कालिकोटमा नुन पुगेपछि सहज : पछिल्लो चरणमा झण्डै ५ सय क्विन्टल नुन पुग्यो

 पुष १३, २०७९ बुधबार ९:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कालिकोटमा आयोडिन नुन पुगेको छ । केही दिनअघि मात्रै अभाव भएको सूचना निकालेको मान्म डिपोले अहिले नुन आइसकेको जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालय मान्ममा पछिल्लो पटक गरी ८ सय १० क्विन्टल नुन पुगेको हो । यो वर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा यसअघि ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको थियो । पहिलो चरणमा पुगेको नुन सकिएपछि डिपोले अर्को सूचना नआएसम्म गाउँका नागरिकलाई नुन लिन नआउन आग्रह गरेको थियो ।

आज पनि थप एक गाडी अर्थात् १ सय ७० क्विन्टल नुन आइपुग्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालयका प्रमुख डम्बरबहादुर बुढाले उज्यालोलाई जानकारी दिनुभयो । अब नागरिकले सहजै नुन पाउने उहाँको भनाइ छ ।

डिपोले नजिकका बासिन्दालाई एक पटकमा २ किलो र टाढाकालाई ५ किलो नुन दिने गरेको छ । सरकारले अनुदानमा दिएको यो नुन पाँच किलोको ४५ रुपैयाँ पर्ने गरेको छ । यसअनुसार एक पोकालाई ९ रुपैयाँ पर्ने गरेको छ ।
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया