झन्डै ३ वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु

 पुस १३, २०७९ बुधबार १३:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै तीन वर्षपछि रसुवागढी नाकाबाट नेपाली सामान चीनतर्फ निर्यात सुरु भएको छ । २०७६ सालको माघदेखि नै चीनले विभिन्न कारण देखाएर नेपाली सामान रोकेको थियो । अनौपचारिकरूपमा हिजो मङ्गलवारदेखि नै सामान निर्यात सुरु भए पनि आज बुधवार औपचारिक कार्यक्रम नै गरेर सामान निर्यात सुरु भएको नेपालमा रहेको चिनियाँ दूतावासले जनाएको छ ।

नेपाली सामानले भरिएका छ वटा कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएको दूतावासले उल्लेख गरेको छ । आजदेखि औपचारिकरूपमै रसुवागढीबाट केरुङ हुँदै सामान निर्यात सुरु भएको ल्हासाका महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयो । हिजो ५० लाख नेपाली रुपैयाँ बराबरका सामान बाेकेकाे आठ वटा कन्टेनर चीन गएकाे रसुवा भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाका भएर मैदा, बेसार, खुर्सानी, बाँसका मुढा, कुचो, हस्तकलालगायत एक सय ८३ वटाभन्दा बढी प्रकारका सामग्री चीन निर्यात हुँदै आएका छन् ।

चीनले कोरोना महामारीलाई देखाएर नेपाली सामान रोक्नुका साथै चीनबाट नेपालमा हुने आयातमा पनि कडाइ गर्दै आएको थियो । नयाँ सरकार गठन हुनेबित्तिकै चीनले नेपाली सामान खुला गर्नुलाई अर्थपूर्णरूपमा लिइएको छ ।

तस्बिर : चिनियाँ दूतावास

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया