लगातार २ दिन बढेकाे शेयर बजार आज झन्डै १२ अङ्कले घट्याे

 पुष १३, २०७९ बुधबार १५:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दुई दिन बढेकाे शेयर बजार आज (बुधवार) भने घटेकाे छ । अस्ति (साेमवार) ५६ र हिजाे (मङ्गलवार) ५९ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७२ दशमलव १५ विन्दुमा झरेकाे छ ।

आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहकाे शेयर घटेकाेमा हाेटल तथा पर्यटन, माइक्राेफाइनान्स र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

शेयर बजारसँगै आज काराेबार रकम पनि घटेकाे छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंककाे आठ कराेड ८५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

आज माहुली लघुवित्त वित्तीय संस्थाकाे शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धाैलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया