अर्थतन्त्र ठिक ठाउँमा ल्याउन सकिन्छ : मन्त्री पाैडेल

 पुस १३, २०७९ बुधबार १७:४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । 

आज बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो । उहाँले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताउनुभयो । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा–एउटा इँटा थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । देशको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर नभए पनि समस्या भने रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन तर अर्थतन्त्रमा समस्या छन् । यदि मिस ह्यान्डल गर्‍याे भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्न सक्छ । सावधानीपूर्वक हिँड्यौँ भने र ठिक ढङ्गले कदम चाल्दै गयौँ भने अर्थतन्त्र ठिक ढङ्गमा आउन सक्ने देखिएको छ । अर्थ मन्त्रालयभित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ, त्यो मैले महसुस गरेको छु ।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनका लागि आर्थिक पत्रकारले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया