कम्बोडियामा एउटा क्यासिनोमा आगलागी हुँदा १९ जनाकाे ज्यान गयाे

 पुस १४, २०७९ बिहिबार १९:४:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

थाइल्यान्डकाे सिमाना पोइपेटमा रहेको कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएकाे छ भने अन्य ५० जना घाइते भएका छन् । घाइेतको पूर्ण विवरण प्राप्त भएको छैन । 

पोइपेटमा रहेकाे ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा लागेको आगो निभागउन १२ घण्टाभन्दा बढी लागेको थियो । थाइल्यान्डका दमकल पनि आगो निभाउन पोइपेट पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका तस्बिरमा पीडितहरू छानाबाट खसिरहेका, सहयोगका निम्ति याचना गरिरहेका तथा आगोको ज्वालाबीच फसेका देखिन्छन् । 

आगोको चपेटामा होटलका कर्मचारी र छिमेकी देश थाइल्यान्डका ग्राहक परेका छन् । तेह्रौँ, चौधौँ र पन्ध्रौँ तलाबाट सहायताका निम्ति अनुरोध आएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीहरूले बताएका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया