नेतान्याहु छैटाैँ पटक इजरायलकाे प्रधानमन्त्रीमा निर्वाचित

 पुस १५, २०७९ शुक्रबार ११:४४:१५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायलको प्रधानमन्त्रीमा बिन्ज्यामिन नेतान्याहु पुनः निर्वाचित हुनुभएको छ । एक सय २० सदस्यीय संसदमा ६३ जना सांसदको समर्थनमा उहाँ प्रधानमन्त्री बन्नुभएको हो । योसहित ७३ वर्षका नेतान्याहु छैटाैँ पटक प्रधानमन्त्री बन्नुभएको हो । 

विगत दुई वर्षदेखि उहाँ सत्ताबाट बाहिर हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ ग्रहणसँगै प्रधानमन्त्री नेतान्याहुले आफ्नो तीन वटा राष्ट्रिय लक्ष्य रहेको बताउनुभयो । पूरै देशमा बुलेट रेल चलाउने, इरानको परमाणु कार्यक्रमलाई रोक्ने र अरब देशहरूलाई सम्झौताको दायरामा ल्याउनु आफ्नो मुख्य प्राथमिकता भएको उहाँले बताउनुभएको छ । 

यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिनुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि नेतान्याहुलाई बधाई दिनुभएको छ । इजरायले रुस–युक्रेन युद्धमा तटस्थ भूमिका निर्वाह गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया