अमेरिकाका लागि चिनियाँ राजदूत क्याङ चीनको विदेशमन्त्रीमा नियुक्त

 पुस १५, २०७९ शुक्रबार २०:२४:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरेको छ ।

अक्टोबरमा सम्पन्न २०औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य बनेका क्याङलाई अमेरिकाबाट फिर्ता बोलाएर विदेशमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्म अध्ययन गरेका क्याङ सन् २०१७ मा सहायक विदेशमन्त्री र एक वर्षपछि उपविदेशमन्त्री बन्नुभएको थियो । उहाँ  सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बन्नुभएको हो । यसअघि चीनको विदेशमन्त्री वाङ यी हुनुहुन्थ्यो ।

चीन–अमेरिका सम्बन्ध बिग्रिरहेको बेला चीनले अमेरिकामै राजदूत रहेका व्यक्तिलाई बोलाएर विदेशमन्त्री बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसअघि चीनसँगको सम्बन्ध खराब अवस्थामा रहेको अष्ट्रेलियाले चीनसँग निकट मानिएका पूर्व प्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया