युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदाैड हुँदा नौ जनाको ज्यान गयाे

 पुस १७, २०७९ आइतबार १७:४९:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदाैड हुँदा कम्तीमा नौ जनाको ज्यान गएकाे छ भने अन्य थुप्रै घाइते भएका  छन् ।

प्रहरीका अनुसार नयाँ वर्षमा राजधानी कम्पालाकाे एक शपिङ मलमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरी भागदौडमा घाइते भएका थिए । याे घटना मध्यरातमा भएको थियो ।  कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड भएकाे थियाे ।  

प्रदर्शन सकिएपछि भागदौड भएकाे पाँच जनाको घटनास्थलमै ज्यान गएकाे थियाे भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा ज्यान गएकाे थियाे । 

काेभिड–१९ काे दुई वर्षे प्रतिबन्धपछि विश्वका अन्य देशमा जस्तै युगान्डामा पनि नयाँ वर्षकाे उत्सव मनाउने क्रममा याे घटना भएकाे प्रहरीले विज्ञप्तिमा भनेकाे छ । यसबारेमा अनुसन्धन गरिने प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया