बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणकाे मनाेमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएकाे छ ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज साेमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएकाे हाे । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पाेल भाडा बढाएर मान अधिकारकाे समेत उल्लङ्घन भएकाे विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयाेग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभाेक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता गरी पाेलकाे भाडा छ सयदेखि सात सय प्रतिशतसम्म बढाएकाे आईस्पानकाे गुनासाे छ ।
पाेल भाडाकाे सम्बन्धमा गठन भएकाे उच्चस्तरीय समितिले दिएकाे प्रतिवेदन विद्युत् प्राधिकरणले कार्यान्वयन नगरेकाे पनि विज्ञप्तिमा जनाइएकाे छ । प्राधिकरणले पुरानै भाडा तिर्ने सम्झाैता गर्न दबाब दिइरहेकाे र भाडाकै निहुँमा इन्टरनेटकाे तार काटिरहेकाे भन्दै इन्टरनेट सेवा बन्द भएमा त्यसकाे जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने आईइस्पानले बताएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।