बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज साेमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले बढेर दुई हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ ।
आज उत्पादन, म्युचल फन्ड, र अन्यबाहेक अरू सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
बजार बढेकाे दिन दुई सय ५३ वटा कम्पनीको ८२ लाख ७१ हजार कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज धौलागिरि लघुवित्त, सृजनशील लघुवित्त, खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि एनएमबी ५० म्युचल फन्डको शेयर सबैभन्दा धेरै चार दशमलव ८० प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।