मौसम खुलेका ठाउँमा उडान अवतरण सुरु : विराटनगर, नेपालगञ्ज र धनगढीमा भने अझै अवरुद्ध

 पुष १९, २०७९ मंगलबार १०:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम खुल्न थालेसँगै केही ठाउँमा उडान अवतरण सुरु भएको छ । लुक्ला, सुर्खेत, पोखरा लगायतका ठाउँमा उडान सुरु भएको हाे । तर, विराटनगर, नेपालगञ्ज र धनगढीमा अझै उडान सुरु हुन सकेको छैन । बाक्लो हुस्सुका कारण यी क्षेत्रका उडान प्रभावित भएका हुन् ।

मौसम खुलेपछि उडान थाल्ने तयारी छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार तराईका  जिल्लामा दिउँसोसम्म नै बाक्लो हुस्सु कुहिरो लाग्ने सम्भावना छ । बाक्लो हुस्सुका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित भइरहेका छन् ।

 भिजिबिलिटी अर्थात् दृश्य क्षमता कम हुँदा उडान अवतरण प्रभावित हुन्छ । अहिले बाह्यतर्फको उडान अवतरण भने सामान्य रुपमा भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया