पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
फुटबलका विश्व 'सम्राट' पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको सहरको चिहानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन 'क्याथोलिक' भजन गाउँदै, बजाउँदै गरिएको शव यात्रामा हजाराैँ सहभागी भएका थिए । सुनले बेरिएको 'कास्केट' आइपुग्नुअघि चिहानमा उपस्थित अपार जनसागरले पेलेलाई मनपर्ने साम्बा गीत गाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए ।
पेलेको ८२ वर्षको उमेरमा गएकाे हप्ता निधन भएकाे हो । उनको शव सान्टोसमा राखिएको थियो जहाँ उनले १५ वर्षको उमेरमा खेल जीवन प्रारम्भ गरेर प्रसिद्धि प्राप्त गरेका थिए ।
पेलेको अन्तिम संस्कार वा शव यात्रामा ब्राजिलका प्रख्यात खेलाडी रोनाल्डो नाजारियो, नेयमार, काकालगायत अनुपस्थिति रहेकामा पेलेका केही प्रशंसकले उनीहरूको आलोचना गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।