युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न रुसलाई टर्कीको आग्रह

 पुष २२, २०७९ शुक्रबार ७:१५:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भैरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको हो ।

टर्कीले संयुक्त राष्ट्र सङ्घको सहयोगमा यसअघि पनि दुई चरणको शान्ति वार्ताको मध्यस्थता गरी ब्ल्याक सी हुँदै खाद्यान्न आपूर्तिलाई सहज बनाउने सम्झौता गर्न दुवै पक्षलाई सहयोग गरेको थियो । एर्दोगानले पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलनको प्रयास पनि गर्नुभएको छ ।

एर्दोगानले रुसमाथि पश्चिमा प्रतिबन्धमा सामेल हुन अस्वीकार गरेर पुटिनसँग राम्रो सम्बन्ध कायम राख्न सफल हुनुभएको छ । साथै टर्कीमा एक प्राकृतिक ग्यास भण्डारण केन्द्र स्थापना गर्ने अस्थायी योजना समेत रहेको छ । एर्दोगानको कार्यालयले यो परियोजना जतिसक्दो चाँडो कार्यान्वयन हुने विश्वास समेत व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया