अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउने

 पुस २२, २०७९ शुक्रबार १७:१:४ | एजेन्सी
unn.prixa.net

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउनु हुने भएको छ । क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको 'स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स' मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्न लाग्नुभएको न्युयोर्क पोस्टले जनाएको छ । उहाँले आउँदो फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी वहन गर्नुहुने छ । 

क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री हुनुहुन्थ्यो । क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताउनुभयो । 

सन् २०२२ मा कोलम्बिया विश्वविद्यालयले क्लिन्टनलाई कानुन विषयमा मानार्थ विद्यावारिधी डिग्री प्रदान गरेको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया