श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

 पुस २३, २०७९ शनिबार ११:५०:५६ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो ।

संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा कुपोषण समस्या यथावत् छ भने यसवर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।

देशले पछिल्लो पटक भोगेको आर्थिक सङ्कटबाट पनि बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण कुपोषण बढेको श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले बताउनुभएको छ । उहाँले कुपोषणको समस्या समाधानका लागि आवश्यक कदम चालिएको पनि बताउनुभएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया