अमेरिकामा पन्ध्रौँ पटकको मतदानबाट सभामुख चयनमा बहुमत जुट्यो

 पुस २३, २०७९ शनिबार १४:५१:४४ | एजेन्सी
unn.prixa.net

अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन पार्टीका केभिन मेकार्थी निर्वाचित हुनुभएको छ । सभामुख न्यान्सी पेलोसीले राजीनामा दिएपछि रिक्त पदका लागि भएको चुनावमा पन्ध्रौँ पटकको मतदानबाट मेकार्थी निर्वाचित हुनुभएको हो ।

अमेरिकामा सभामुख चयनको लागि पछिल्लो १ सय ५० वर्षयता यस्तो गतिरोध नदेखिएको बीबीसीले जनाएको छ । रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई विफल बनाइदिएका थिए । विपक्षमा रहेका ६ जना रिपब्लिकन सांससदले अडान छाडेपछि चुनाव सम्पन्न भएको हो ।

यसअघि शुक्रवार भएको चुनावमा एक मत नपुग्दा मेकार्थीको पक्षमा बहुमत पुगेकाे थिएन । राष्ट्रपति जो बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा सभामुख रहने व्यवस्था छ ।   
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया