तराईका जिल्लाको मौसम सफा हुँदै, हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना

 पुष २४, २०७९ आइतबार ७:४४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो ।

आजदेखि भने मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसाे घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यस्तै आज काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम पनि सफा रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । आज दिउँसाे पारिलो घाम लाग्ने सम्भावना छ ।

मौसम सफा हुन थालेसँगै न्यूनतम तापक्रम भने घट्न थालेको छ । बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २  डिग्री सेल्सियस मापन गरिएको छ ।  हिजो २ दशमलव ५ डिग्री सेल्सियस थियो।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया