इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्याे

 पुष २५, २०७९ सोमबार १३:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।

सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाण्डाैदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाण्डाैबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ । काठमाण्डाै–सिमरामा एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाण्डाै–भद्रपुरमा छ सय, काठमाण्डाै–विराटनगरमा चार सय ८५ रुपैयाँ, काठमाण्डाै–जनकपुरमा दुई सय ६०, काठमाण्डाै–भरतपुरमा दुई सय १५ र काठमाण्डाै–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ ।
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया