नेटो र ईयूबीच सहयोग सम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर

 पुस २७, २०७९ बुधबार ७:४२:४२ | एजेन्सी
unn.prixa.net

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली सङ्घ (ईयू)ले सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य आफ्नो रणनीतिक साझेदारी सहकार्यलाई अझ थप विस्तार गर्ने र सामूहिक युरोपेली रक्षालाई सुदृढ पार्ने रहेको उल्लेख छ ।

ब्रसेल्समा सैन्य गठबन्धनको मुख्यालयमा हस्ताक्षरपछि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले संयुक्त घोषणापत्र पहिलेको भन्दा निक्कै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ । घोषणापत्रमा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स  मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले हस्ताक्षर गर्नुभएको छ ।

युरोपेली आयोगका अध्यक्ष भोन डेर लेयनले युक्रेनको द्वन्द्वले युरोपको सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । साथै उहाँले ईयूले बेलारुसमाथि नयाँ प्रतिबन्ध लगाउने र रुसलाई समर्थन गर्ने देशहरूमा थप उपायहरू विस्तार गर्ने चेतावनी समेत दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया