तराईमा फेरि शीतलहर, सुदूरपश्चिम गण्डकी र कर्णालीको मौसम आंशिकदेखि सामान्य बद्ली

 पुष २७, २०७९ बुधबार ८:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको छ । गएको २४ गतेदेखि मौसममा सुधार आए पनि हिजोदेखि फेरि बाक्लो हुस्सु कुहिरोले ढाकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तराईका जिल्लामा हिजोदेखि मौसम खुलेको छैन । हिजो बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यसअघि केही दिन दिउँसोसम्म हुस्सु कुहिरो लागे पनि बेलुकी पख हट्ने गरेको थियो । यसले गर्दा केही राहत मिलेको थियो । तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत रहन तराई मधेसका बासिन्दालाई मौसमविद्को आग्रह छ ।

शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ ।

यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ ।

यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ । यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा भने मौसम सामान्यतया सफा नै रहने अनुमान छ । आज काठमाण्डौमा हिजो अस्तिको जस्तै घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । घाम लाग्न थालेसँगै काठमाण्डौमा चिसो कम भएको छ भने तापक्रम पनि बढ्न थालेको छ । काठमाण्डाौको बिहानको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ  । 
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया