सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकीका हिमाली भेगमा सामान्य वर्षा र हिमपात सुरु

 पुस २७, २०७९ बुधबार १९:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका हिमाली भेगमा सामान्य वर्षा र हिमपात सुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण ती क्षेत्रमा मौसम बदलीसँगै सामान्य वर्षा र हिमपात सुरु भएको हो । 

आज बुधवार बिहान नेपाल प्रवेश गरेको पश्चिमी वायुको कारण सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा आज र भोलि बिहीवार बर्षा तथा हिमपात गराउने सम्भावना रहेको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । अहिले तराईको हुस्सु हटेको छ । भोलि बिहानीपख फेरि हुस्सु लाग्ने उप्रेतीले बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखाले अघि बेलुकी ६ बजे निकालेको मौसम पूर्वानुमान बुलेटिनमा पनि आउँदो तीन दिन पश्चिम क्षेत्रका उच्च पहाड र हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख छ । पश्चिमी न्यून चापीय प्रणालीले पश्चिमका पहाडी क्षेत्रमा सामान्य वर्षा गराए पनि ठूलो पानी पर्ने सम्भावना भने कम रहेको जलवायुविज्ञ उप्रेतीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया