आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा १७ जनाको ज्यान गयो

 पुष २८, २०७९ बिहीबार १२:३३:२५ | रासस
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।

गएकाे मङ्गलवारदेखि आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाका कारण बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्षयताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरुले सडक भत्किएका र यहाँका बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति पुगेको छ । मौसम पूर्वानुमान शाखाका अधिकारीहरुले आँधीको सम्भावना रहेकाले घर बाहिर ननिस्कन नागरिकहरुलाई सूचना जारी गरेका छन् । यस आँधीले यहाँका जनावर तथा चौपाया पनि मरेका छन् ।

यस क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ । यस क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ । तर आँधी निरन्तर रहेकाले उनीहरुको उद्धारमा पनि कठिनाइ उत्पन्न भएको जनाइएको छ । यस राज्यमा सङ्कटकालको घोषणा गरेर आवश्यक उद्धार गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ ।

यहाँ चिसो मौसममा पनि यस्तो आँधी आउने गर्दछ । सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण कम्तीमा पनि २३ जनाको ज्यान गएको थियो।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया