एलन मस्कले एक वर्षमै गुमाए १ खर्ब ६५ अर्ब डलर, बन्याे विश्व कीर्तिमान

 पुष २८, २०७९ बिहीबार १७:३८:२८ | एजेन्सी
unn.prixa.net

केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । 

गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म एलन मस्कले १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाएको बताएको छ । यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् । गिनिज वर्ल्ड रेकर्ड्सले मस्कले गुमाएको सम्पत्तिको मात्रा योभन्दा धेरै हुन सक्ने पनि जनाएको छ ।

गएकाे वर्ष ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । ट्विटर खरिद गरेपछि मस्कले टेस्लामा खासै ध्यान नदिएको लगानीकर्ताले गुनासो गरेका छन् ।

मस्कभन्दा पहिले सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा झन्डै ५९ अर्ब डलर गुमाएका थिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया