सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो, किन बढ्दैछ लगातार भाउ

 पुष २९, २०७९ शुक्रबार ११:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ लगातार बढ्न थालेको छ । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ बढेर २०७८ साल फागनु २५ गते तोकिएको भन्दा धेरै पुग्ने अनुमान छ ।

‘अहिलेको अवस्थालाई हेर्ने हो भने अहिलेसम्मको रेकर्ड ब्रेक गर्ला जस्तो छ’, उहाँले भन्नुभयो । रुस र युक्रेन युद्ध, डलर कमजोर, अस्थितरता र लगानीको जोखिमका कारण अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र कारोबार बढेको छ । यसले गर्दा भाउ बढेको शाक्यले बताउनुभयो । पछिल्लो समय विश्व बजारमा नै घरजग्ग्गा र शेयर बजारमा अस्थिरता आएकाले सुनमा लगानी बढेको छ ।

सुनमा गरिएको लगानी सुनिश्चित हुने भएकाले लगानीकर्ता सुनमा आकर्षित हुने गरेका छन् । यस्तै, बेरोजगारको सङ्ख्या बढ्न थालेकाले पनि सुनको माग र कारोबार बढ्दा भाउ बढेको शाक्यको भनाइ छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया