आर्थिक सङ्कट भाेगिरहेकाे श्रीलङ्काले सैन्य क्षमता आधा घटाउने

 पुष २९, २०७९ शुक्रबार १७:४४:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आर्थिक सङ्कट भाेगिरहेकाे दक्षिण एसियाली देश श्रीलङ्काले आफ्नाे सेना ठूलाे सङ्ख्यामा घटाउने घाेषणा गरेकाे छ । समाचार एजेन्सी पीटीआईकाे प्रतिवेदनअनुसार श्रीलङ्काले सन् २०३० सम्म आफ्नाे सैन्य क्षमता आधाले घटाउने बताएकाे छ । 

सन् २०२३ का लागि बजेट प्रस्तावमा श्रीलङ्काले अब प्राविधिक र रणनीतिकरूपबाट अधिक सन्तुलित 'डिफेन्स फाेर्स' निर्माण गर्न ध्यान दिने भनिएकाे छ । 

श्रीलङ्कामा रक्षा खर्च स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा धेरै हुने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे छ । 

श्रीलङ्काकाे सेनामा अहिले दुई लाख सात सय ८३ सैन्यकर्मी छन्, याे सङ्ख्यालाई कम गरेर सन् २०३० सम्म एक लाख बनाउने लक्ष्य छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले गएकाे वर्ष नयाँ चुनाैतीहरूकाे सामना गर्नका लागि देशकाे सेनालाई तयार गर्नका लागि सैन्य रणनीतिमा सुधारकाे आवश्यकता रहेकाे बताउनुभएकाे थियाे ।

श्रीलङ्काले सन् १९४८ यताकै सबैभन्दा खराब आर्थिक सङ्कटकाे सामना गरिरहेकाे छ । विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा इन्धन, ऊर्जा र औषधि लगायतकाे चरम अभाव छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया