उद्याेगी, व्यवसायीलाई निराश हुन दिन्नँ : अर्थमन्त्री पाैडेल

 पुस २९, २०७९ शुक्रबार १९:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकारात्मकरूपमा लिएको पनि बताउनुभयो । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले नै यस्तो गर्छु भनेर बोल्दिनँ । तपाईँहरूले उठाएका विषयहरूमा छलफल गर्छु । व्यवसायीले दिएका उचित सुझाव र सल्लाहलाई ग्रहण गरिनेछ । व्यवसायीहरूलाई निराश हुन नदिने गरी कोसिस गर्छु ।’

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया