युक्रेनी सहर सोलेदार कब्जा गरेको रुसको दाबी, रुसले 'सूचनाको हल्ला' फैलायाे : युक्रेन

 पुस ३०, २०७९ शनिबार ७:११:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले पूर्वी युक्रेनको सहर सोलेदार कब्जा गरेको दाबी गरेको छ । महिनौँको असफलतापछि सोलेदार सहर कब्जा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

रुसको यो दाबीलाई युक्रेनले ‘सूचनाको हल्ला’ फैलाएको भनेर टिप्पणी गरेको छ ।

नुनखानीको सहर सोलेदार र आसपासमा आक्रमणका घटना भइरहेका युक्रेनको भनाइ छ । तर अमेरिकामा रहेको इन्स्टिच्युट फर द स्टडी अफ वारले रुसी सुरक्षाकर्मीले सोलेदार सहर कब्जा गरेजस्तो देखिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न आफ्ना सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया