पाँच महिनामै वैदेशिक शिक्षाको लागि झण्डै २९ अर्ब रुपैयाँ खर्च, विदेश घुम्दा साढे १३ अर्ब रुपैयाँ बाहिरियो

 पुष ३०, २०७९ शनिबार १३:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेश पढ्न जाने नेपालीले झण्डै २९ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको तथ्यांक अनुसार नेपालीले विदेशमा पढ्नकै लागि भनेर २८ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको पाँच महिनाको तुलनामा दोब्बर भन्दा धेरै हो । अघिल्लो वर्षको पाँच महिनामा वैदेशिक शिक्षाको लागि १३  अर्ब ५३ करोड रुपैयाँ मात्रै बाहिरिएको थियो ।

यस्तै, पाँच महिनामा विदेश घुम्न जाने नेपालीले  १३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका छन् । समग्रमा भ्रमण र शिक्षातर्फ गरेर पाँच महिनामा ४२ अर्ब ८ करोड रुपैयाँ नेपालबाट बाहिरिएको  छ । भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च पनि १ सय ३३ प्रतिशतले बढेको छ । पाँच महिनामा विदेशीले नेपाल भ्रमण गर्दा २३ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो वर्ष जम्मा १० अर्ब १४ करोड रुपैयाँ खर्च गरेका थिए । समग्रमा पाँच महिनामा नेपालको खुद सेवा आय २६ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ । 
 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया