सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री थपिए, कञ्चनपुरका रावल बने राज्यमन्त्री

 असोज २३, २०७५ मंगलबार १८:०:९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ । 

उहाँलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ को ‘क’ बाट विजयी सांसद रावल  उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।  

राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको छ । रावलसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ । उहाँ राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीकी मायादेवी भट्ट मन्त्री हुनुहुन्छ ।


 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया