बेलायतका लागि जासुसी गरेको आरोपमा इरानका पूर्व सहायक रक्षा मन्त्रीलाई मृत्युदण्ड

 पुस ३०, २०७९ शनिबार १८:३९:६ | एजेन्सी
unn.prixa.net

इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्ड दिएको छ । बेलायतका लागि जासुस गरेको आरोपमा सन् २०१९ मा पक्राउ परेका अक्बरीलाई मृत्युदण्ड दिएको बीबीसीले जनाएको छ ।

अक्बरीसँग बेलयात र इरानको दोहोरो नागरिकता रहेको थियो । अक्बरीले दोहोरो नागरिकता भए पनि जासुसी गरेको आरोप भने अस्वीकार गर्दै आउनुभएको थियो । बेलायतले अक्बरीको मृत्युदण्डलाई स्थगित गरेर तत्कालै रिहा गर्न माग गर्दै आएको थियो ।

यस्तै अमेरिकाले पनि अक्बरीलाई मृत्युदण्ड नदिन इरानलाई दवाब दिएको थियो । इरानले पछिल्लो केही वर्षयता दोहोरो नागरिकता भएका वा विदेशी स्थायी आवासीय प्रमाणपत्र रहेका कैयौं व्यक्तिहरूलाई गुप्तचरी र राष्ट्रिय सुरक्षा सम्बन्धी अभियोगमा पक्राउ गरेको बीबीसीले जनाएको छ ।     
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया