आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली

 माघ १, २०७९ आइतबार ७:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । त्यस्तै तराई मधेसमा हुस्सु र कुहिरो छ ।

मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली नै छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । तराई/मधेसको हुस्सु र कुहिरो पनि घाम लागेपछि बिस्तारै हट्नेछ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो हिजोको तुलनामा शून्य दशमलव ४ डिग्री सेल्सियसले कम हो । हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाण्डौमा दिउँसो अधिकतम तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आज अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया