'विमान हल्लिँदै आयो र सेतीको खोँचतिर लाग्नेबित्तिकै धुवाँको मुस्लो देखियो'

 माघ १, २०७९ आइतबार १३:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यति एयरको विमान दुर्घटना हुनुअघि काठमाण्डौ आउनको लागि म पोखरा विमानस्थलमा थिएँ । फोटो पनि खिच्दै थिएँ । यत्तिकैमा विमान हल्लिँदै आयो । विमान अलि आउट अफ ट्रयाक गए जस्तो लागिरहेको थियो । हल्लिएको हो वा यस्तै हुने हो भन्ने मलाई थाहा भएन ।

मेरो सामान्य विश्लेषणमा विमान ९० डिग्रीको सीधा कोणमा आउनु पथ्र्यो जस्तो लाग्छ । तर, त्यसो नभएर विमान पुरानो विमानस्थल तिर गयो । विमान गएतिर घना बस्ती थियो । अहिले यसो हेर्दा मलाई बस्ती जोगाउन पुरानो विमानस्थलतिर गए जस्तो लाग्छ । त्यही क्रममा सेतीको खाेँचमा खसे जस्तो लाग्छ । म फोटो खिच्दै थिएँ । मैले दाइलाई त्यो विमान आउट अफ ट्रयाक गएको होइन भनेर भनेँ ।

विमान अलि परै देखिएको थियो । विमान उता लागे लगत्तै धुवाँको मुस्लो छुट्यो । दमकलसहित एक्कासी उद्धार टोली त्यतातिर गयो । उद्धार टोली दुर्घटनास्थल जान कत्ति पनि समय लागेन । तीन/चार मिनेटमै गयो होला । मेरो लागि यो नयाँ डिरेक्शन भएको हुनाले कताबाट विमान आएको थियो भनेर भन्न सक्दिनँ ।

विमानस्थलमा मानिसहरु आफन्तलाई कुरिरहेका थिए । एक जना बुढा बा  पनि कुरिरहनु भएको थियो । दुर्घटनाको खबर सुन्नेबित्तिकै उहाँ बेहोस हुनुभयो, मैले पानी हालेर होशमा ल्याएँ । अनि चउरमा राखेर मैले के भयो भनेर सोधेँ । उहाँले मेरो छोरा, बुहारी, नाति, नातिना आउँदैछन् भन्दै हुनुहुन्थ्यो ।

दुर्घटना भयो भनेर उद्धार टोली गएपछि उहाँ बेहोस हुनु भएको थियो । यहाँ बसिरहेका मान्छेहरु धेरैको मुहार त्यसपछि डरले निलोकालो भएको थियो । लगत्तै अन्य सबै उडानहरु रद्द भयो । र, अरु यात्रुहरु पनि यत्तिकै बसिरहनु भएको छ ।

(विमान दुर्घटनाको प्रत्यक्षदर्शी इन्द्रलक्ष्मी घिमिरेसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया