अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या

 माघ २, २०७९ सोमबार ११:३८:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो ।

घरमा प्रवेश गरेका बन्दुकधारीको समूहले उहाँको अङ्गरक्षकलाई गोली हाने लगत्तै उहाँको हत्या गरेका थिए । घटनामा उहाँका भाइ र एक सुरक्षागार्ड घाइते भएका बीबीसीले जनाएको छ ।

 ३२ वर्षकी मुर्सल नाबिजादा ती महिला सांसदमध्ये एक हुनुहुन्छ जसले तालिबान सरकारमा फर्किँदा पनि देश छोड्नु भएको थिएन । उहाँ सन् २०१८ मा सांसद बन्नु भएको थियो । उहाँ संसदीय रक्षा आयोगकी सदस्य एवम् मानव संशाधन विकास संस्थानमा रहेका काम गर्नुहुन्थ्यो ।

अफगानिस्तानका लागि सांसद रहेका नाबिजादालाई तालिबान सरकारले सन् २०२१ मा पदच्यूत गरेको थियो । काबुल प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया