विश्वमै सबैभन्दा धेरै गरिबी रहेको भारतमा अर्बपतिको सङ्ख्या बढ्दै

एक प्रतिशत मानिससँग देशको ४० प्रतिशत सम्पत्ति

 माघ २, २०७९ सोमबार १४:३३:४१ | एजेन्सी
unn.prixa.net

भारतमा अर्बपतिहरूको सङ्ख्या बढ्दै गएको छ । तीन वर्षअघि अर्थात् सन् २०२० मा भारतमा एक सय दुई जना अर्बपति रहेकामा सन् २०२१ मा एक सय ४२ र सन् २०२२ मा एक सय ६६ जना पुगेका छन् ।

भारतका एक प्रतिशत धनी मानिससँग देशको कुल सम्पत्तिको ४० प्रतिशत सम्पत्ति रहेको छ । जबकि आधा जनसङ्ख्यासँग देशको सम्पत्तिको जम्मा तीन प्रतिशतमात्रै रहेको छ । अक्सफाम इन्डियाको 'सर्भाइभल अफ द रिचेस्ट' प्रतिवेदनका अनुसार सन् २०२२ मा देशका एक सय जना धनी व्यक्तिसँग ५४ दशमलव १२ लाख करोड भारु सम्पत्ति छ भने १० जना धनी व्यक्तिसँग मात्रै साढे २७ लाख करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

भारतमा अर्बपतिको सङ्ख्या बढिरहँदा २२ करोड ८९ लाख जना मानिस भने गरिबीमा बाँचिरहेको प्रतिवेदनमा उल्लेख छ । विश्वमा सबैभन्दा धेरै गरिबी भारतमा छ । प्रतिवेदनमा प्रगतिशील कर प्रणाली नअपनाएमा असमानता थपिने उल्लेख छ ।

अक्सफामका अनुसार भारतमा करका दरहरू आम्दानीमा आधारित छ्न् तर अप्रत्यक्ष कर सबैका लागि समान हुँदा धनी झन् धेरै धनी बन्दै गएका र गरिब झन् धेरै गरिब बन्दै गएका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया