शेयर बजार ९ अङ्कले घट्यो, ४ अर्ब ९२ करोड रुपैयाँको कारोबार

 माघ ४, २०७९ बुधबार १५:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार झन्डै ३३ अङ्कले बढेको शेयर बजार आज बुधवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव शून्य एक अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव १० विन्दुमा झरेको छ ।

आज जलविद्युत्, विकास बैंक र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स,बीमा र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ४८ वटा कम्पनीका एक करोड ३३ लाख चार हजार कित्ता शेयर चार अर्ब ९२ करोड ८३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडि हाइड्रोको ३५ करोड ७८ लाख र अपी पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर झन्डै आठ प्रतिशत तथा सिँगटी हाइड्रो र मिथिला लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्राे, ग्रीन भेन्चर्स कम्पनी र हिमालयन ठ्उऊ विकास कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया