एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो
माघ ७, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाकाे सभामुख पदका लागि उम्मेदवारी दिनुभएको छ ।
आज बुधवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवनमा पुगेर सांसद न्याैपानेले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ ।
न्याैपानलेलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ ।
न्याैपाने समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित हुनुभएको हो । उहाँ नेपाली कांग्रेसको १२ औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रूपमा रहनुभएको छ । उहाँ २०६४ र २०७० सालको संविधान सभा सदस्य हुनुहुन्थ्यो । तत्कालीन व्यवस्थापिका–संसदमा उहाँ पार्टीको सचेतक हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गुर्नभएका उहाँ नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसक्नुभएको छ ।
यसअघि आजै सत्तारूढ दलकाे साझा उम्मेदवारका रूपमा नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाकाे सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।