बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेलले अहिले सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताउनुभएको छ ।
बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको 'अर्थतन्त्र अबको बाटो' विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले आफू मन्त्री भएर मन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौती र समस्या समाधानका लागि अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताउनुभएको हो । उहाँले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउनुभयो । सबै अफ्ठ्याराहरू पार गरेको अवस्थामा अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले भूकम्पको प्रभाव, नाकाबन्दी र कोरोना महामारीको प्रभाव छैन । भूकम्पपछिको पुनर्निर्माण धेरै हदसम्म पूरा भएको छ । नाकाबन्दी छैन । कोभिडलाई पनि धेरै हदसम्म पार गरेको अवस्था छ तर हामी किन आर्थिक अवस्थामा चिन्ताजनक अवस्थामा छौँ ? किन अर्थतन्त्रलाई माथि लिएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा छौँ ? म अर्थतन्त्रका समस्याका कारणहरू विवेचना र विश्लेषण गर्दै समाधान गरी अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशील बनाएर अगाडि बढाउने सङ्कल्पमा रहेको छु ।’
मन्त्री पौडेलले राजस्व सङ्कलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताउनुभयो । उहाँले पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभावलगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयाे । उत्पादनमूलक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।
मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताउनुभयो । आरोप–प्रत्यारोप गर्नुभन्दा पनि सरकार र निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरी अर्थतन्त्रलाई सही दिशामा ल्याउनुपर्ने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।