बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर देशकाे निर्यातमा सुधार नहुने बताउनुभएको छ ।
बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको 'अर्थतन्त्र अबको बाटो' विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ, साेयाबिन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताउनुभएको हो । उहाँले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताउनुभयो । निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भए पनि सम्भावना धेरै रहेको बताउनुभयो । नेपाल रेमिट्यान्समा धेरै निर्भर भएको र यसलाई तत्काल हटाउन नसके पनि दीर्घकालीन योजना बनाउनुपर्ने उहाँकाे सुझाव छ ।
अर्थविद् वाग्लेले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताउनुभयो । ५५ अर्ब अपेक्षा गर्दा पाँच अर्ब मात्रै राजस्व उठ्नु चिन्ताको विषय भएको उहाँकाे भनाइ छ । उहाँले नेपालमा चार लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको गुनासाे गर्नुभयाे । उहाँले बाहलवाला कर्मचारीलाई तालिम दिएर राजस्व सङ्कलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेन्ट (सीए) 'हायर' गरेर काम गर्ने हो भने राजस्व बढाउन सकिने बताउनुभयो । कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच पुरानो भएको उहाँकाे टिप्पणी छ ।
उहाँले सीएहरूलाई कहाँ–कहाँ राजस्व चुहावट भएको छ थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने बताउनुभयो । सीएहरूलाई 'हायर' गरेर उनीहरूको क्षमता सदुपयोग गर्न सरकारसँग उहाँकाे आग्रह छ ।
अर्थविद् वाग्लेले विश्वभर नै आर्थिक अवस्था सङ्कुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्नसक्ने बताउनुभयो । बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार देश सुहाउँदो बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।