ब्राजिलको राष्ट्रपति निवासको दङ्गा रोक्न नसकेको आरोपमा ४० जना सुरक्षाकर्मी बर्खास्त

 माघ ५, २०७९ बिहिबार ६:४४:२९ | एजेन्सी
unn.prixa.net

ब्राजिलको राष्ट्रपति निवाससहित सरकारी कार्यालयमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ ।

गएको जनवरी ८ तारिखमा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा उनीहरुलाई हटाइएको हो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ सुरक्षाकर्मीलाई हटाएको बताउनुभएको सिड्नी मर्निङ हेराल्ड (एसएमएच) ले जनाएको छ ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो समर्थकले सरकारी भवनमा छिरेर तोडफोड गरेका थिए ।

यो घटनाको अनुसन्धानले सुरक्षामा जानाजानी कमजोरी भएको देखाएको छ । बोल्सोनारोका हजारौँ समर्थकले गएको अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गरी संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रदर्शन गरेका थिए ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया