सामान आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हट्यो

 माघ ५, २०७९ बिहिबार १८:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै बैंकमा रकम जम्मा गर्नुपर्ने अर्थात् नगद मार्जिनको व्यवस्था हटेको छ ।  

नेपाल राष्ट्र बैंकले आज बिहीवार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै नगद मार्जिनको व्यवस्था हटाएको हो । अब कुनै पनि वस्तु आयात गर्नका लागि बैंकमा नगद मार्जिन राख्नुपर्ने छैन ।

एलसी खोल्दा व्यवसायीले शतप्रतिशत नगद राख्नुपर्ने व्यवस्थाको व्यवसायीले चर्को विरोध गर्दै आएका थिए । विदेशी विनिमय सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेकोमा अहिले सञ्चितिमा सुधार भएपछि यो व्यवस्था नै हटाएको हो ।

२०७८ मङ्सिर र माघदेखि १६ सय प्रकारका वस्तुको आयात गर्दा एलसी खोल्दा नै ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया